जीतपुर : ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज अतिथी सत्कारमा ब्यस्त भए पछि जीतपुरमा शनिवार झडप हुँदा टाउके फुटा फुट छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरले शनिवार आफ्नो प्राङ्गणमा भोजको आयोजना गरेर अतिथिको सत्कारमा ब्यस्त भए पछि शनिवार बेलुका प्रहरिको उपस्थिति फितलो भएको कारन कार्यक्रममा झडप भएको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्जमा मोह नारायण यादव आए देखि नै जीतपुरको सुरक्षा ब्यवस्था फितलो बने पछि जीतपुरमा झडप हुँदा टाउको समेत फुत्ने गरेको छ ।
इन्चार्ज यादवले अहिले चाड पर्वलाई लक्षित गरेर सुरक्षा ब्यवस्थापन फितलो गरेर अहिले तस्करहरुको लाईन नै खुल्ला गरेको पाउइएको छ।ईलाका प्रहरी कार्यालयको केही मिटर टाढा कार्यक्रम हुँदा प्रहरिको उपस्तिथि नभएको कारण झडप हुँदा अन्दाजी ८/१० जनाको टाउको फुटेको छ।टाउको फुटेकाहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
जीतपुर प्रहरीको इन्चार्जनै एनि हाउ पैसा कमाउ धन्दामा लागे पछि अहिले जीतपुरको सुरक्षा फितलो भएको कारन ठूलो घटना घटन सक्ने जोखिम समेत जीतपुरमा बढेको छ ।दिनहु ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्जको बारेमा समचार मिडियाहरुमा आए पनि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाले इन्चार्ज यादवलाई केही कार्वाही गर्न सकेको छैन।