महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रुपमा स्थापित हुने अपेक्षा

१५ गते जेष्ठ :
बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ । द लिड ईन्टरटेन्मेन्ट एन्ड एड्भर्टाईजिङ्ग को आयोजनामा जितपुरसिमरा महोत्सव २०८२ संचालन हुँदै आएको छ ।
उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना भैरहेको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष बिमल खड्की बताउनु हुन्छ ।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष बिमल खड्की बताउनु हुन्छ । उनले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रुपमा स्थापित हुने अपेक्षा रहेको जनाए ।

यस्ता कार्यक्रममार्फत दुरदराजका स्थानमा समेत केहीदिन अन्य क्षेत्रका मानिसहरुसंग जमघट हुने, मेलामा बच्चा, युवादेखि वृद्धहरुसम्म रमाउने, आवश्यक सामानहरुको खरिद विक्री गरिने कारणबाट आर्थिक चलायमान उच्च रहने गदर्छ । वस्तु तथा सेवाको उपभोगमा जति बढी खरिद विक्री हुन्छ, त्यति धेरै आर्थिक क्षेत्र चलायमान  हुन्छ ।
त्यति धेरै मानिसहरुको हातमा पैसा पुग्दछ  । जति धेरै मान्छेको हातमा पैसा पुग्छ, त्यति धेरै वस्तु तथा सेवाको माग बढ्छ, मागसंगै आपुर्ति बढ्छ  । आपुर्ति बढेपछि उत्पादन बढ्छ,  जसले गर्दा आर्थिक गतिशिलता बढ्न जान्छ  । प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न आर्थिक पक्षहरुको  समुन्नतीमा सकरात्मक प्रभाव पारेको हुन्छ । अर्थात जति पैसाको चक्र घुम्छ, बजारमा त्यति धेरै मानिसहरुले आर्थिक लाभ प्राप्त गर्दछन ।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा यूवाहरुको मुख्य आकर्षण रुपमा रहदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य रहेको अध्यक्ष खड्कीले जनाए ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गराउने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ ।
त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत भैरहेको जनाएको छ ।