नरेश गुप्ता कलैया साउन १७ । बाराको पचरौता सिमानाका बेनौली बेलदारी हुँदै भारत बिहार छौडादानो सिमामा पुगेका भारत बिहार पुर्वी चम्पारण ग्राम जितना निवासी बिरजु चौधरीलाई भारतिय एस एस बि ११ नम्बर बाहिणी महुवाले नियन्त्रणमा लिइएका छन ।
चौधरीले बेनौली बाट १ किलो अफिम लिइएर आएको बताएको छ । अफिम सहित चौधरीलाई छौडादानो रक्सौल सडक खण्ड अन्तर्गत भेलबा बाट नियन्त्रणमा लिइएको भारतिय एस एस बि महुवा थानाको ईन्स्पेकटर अमित गुंजनले जानकारी गराए ।
नेपाल भारत सिमा क्षेत्र गुलेरिया सिमा , बेनौली , बेलदारी सिमानाकामा सशस्त्र प्रहरी सुरक्षामा दिनरात खटेका छन । तर लागुऔषध ओसारपसारमा सलग्न ब्यक्ति सिमा पार पुग्छन । यसरी सिमामा खटेका सशस्त्र प्रहरीको भुमिका माथी नै प्रश्न चिन्ह खडा हुनु स्वभाविक हो ।
तस्करी लाई मात्र संस्थागत गर्दै आएका सिमामा तैनाथ सुरक्षाक्रमीको अगाडि बाट नै लागुऔषध , हातहतियार ओसारपसार हुन्छ । तर सिमामा तैनाथ सशस्त्र प्रहरी मुखदर्शक भएर बसेका हुन्छ ।
बिगतका दिनमा बाराको गुलेरिया सिमानाका बाट अन्टेस्ट मोटरसाइकलमा आएका हतियारधारी समूहले पिपरपाती र बेनौली स्थित पोखरिको डिलमा गोलि प्रहार गरि दुई जनाको हत्या गरि फरार भएका थिए ।
बाराको दक्षिणी सिमानाका गुलेरिया , झरोखर , सतुवाही , कवही गोठ संतग्ंज , मटिर्वा , बरैनिया सिमानाका भएर लागुऔषध ओसारपसार हुने गरेका छन ।
सिमामा तैनाथ सशस्त्र प्रहरी बलले दिनरात पहरा दिने गरेका छन तर तस्करीका मालसामान नेपाल आउने गरेका छन । दैनिक रुपमा करोडौं राजश्व छली हुँदै आएको सिमाक्षेत्रमा संबंधित निकाएले निगरानी बढाएका देखिदैन ।


