बारा, २ भदौ । अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि ज्यूको १८ औं पुण्य तिथिमा महा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
बाराको सिमरा स्थित ओम् शान्ति भवनमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।
सेवा केन्द्रकी प्रमुख सञ्चालिका मधु दिदीले कार्यक्रम अन्तरर्गत बाराको सिमरा, कलैया, कोल्हवी, पिलुवा, निजगढ र नेपालभर तथा भारत लगायत विश्वभर नैं एउटा अभियानको रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताइन् ।
नेपलको बिभिन्न स्थानमा रहेका सेवा केन्द्रहरुमा कार्यक्रम गरी एक लाख युनिट रगत संकलन गरिने योजना रहेको बताउँदै सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका ब्रह्मकुमारी राजयागिनी तपस्विनी रबिना दिदीले भदौ ६, ७, ८ र ९ गते देश लगायत विश्वभरका बिभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुन गइरहेको उनले जानकारी दिइन् ।
विश्वभरी रगतको अभावमा जिवन र मृत्युसँग जुधीरहेका बिरामीको रगत पुर्तीका लागि सेवा केन्द्रले आयोजना गर्न लागेको रक्तदान–जिवनदान–महादान र यस्तो पुण्य कार्यको भागी हुनका लागि नजिकैको ब्रह्मकारी संस्थामा गएर सहजै रक्तदान गर्नका लागि ब्रह्मकुमार श्रवण भाईले आग्रह गरेका थिए ।

