काठमाडौँ — सरकारी तथा सम्बन्धित कार्यालयहरूमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरिएको छ। आजदेखि कार्यालयका सम्पूर्ण कर्मचारीहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा काममा कटिबद्ध हुनुपर्ने व्यवस्था लागू गरिनेछ।
खाजाको बहानामा कार्यालयको काम रोक्न पाइने छैन; आवश्यक परे सिफ्ट अनुसार खाजाको समय मिलाएर कामलाई निरन्तरता दिनुपर्नेछ। कुनै पनि कर्मचारीले लापरवाही, ढिलासुस्ती वा अनुशासनहीन व्यवहार गरेमा सो विषय सिधै राष्ट्रिय सतर्कता केन्द्रमा जानकारी गराइनेछ र आवश्यक परे निलम्बनसम्मको कडा कारबाही गरिनेछ।
यसका साथै, नेपाल सरकारसमक्ष अनुरोध छ कि वडा अध्यक्षदेखि सचिव, मुख्य सचिव हुँदै प्रधानमन्त्रीसम्मका पदाधिकारीहरूको चल-अचल सम्पत्तिको निष्पक्ष छानबिन गरियोस्। अवैध रूपमा आर्जन गरिएको सम्पत्ति राज्यकोषमा दाखिला गरी सम्बन्धित व्यक्तिलाई भविष्यमा कुनै पनि सरकारी निकायमा काम गर्न नपाउने गरी कडा कानुनी कारबाही गरियोस्। यस्तो कार्यान्वयनले मात्र सुशासन र पारदर्शिताको

