साना किसान कृषि सहकारी संस्था लि. बरियारपुर शाखा अध्यक्ष कुशवाहा माथी सांघातिक हमला

नरेश गुप्ता असोज २४: बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष धुरेन्द्र प्रसाद कुशवाहा माथी सांघातिक हमला गरिएको छ ।

साना किसान कृषि संस्था लिमिटेड बरियारपुर शाखा अगाडि बिहिवार बिहान ७ बजे स्थानीय रामबाबु नुनिया धानुक , भदै महतो नुनिया लगायत तीन चार जनाको समुहमा आएको ब्यक्तिले संचालक कुशवाहा माथी सांघातिक आक्रमण गरि गम्भीर घाईते बनाएको छ । उनको न्युरो अस्पताल परवानिपुरमा उपचार भैइरहेको परिवारले जनाएको छ ।

जग्गा सम्बन्धि बिवाद लाई लिएर यसरी सहकारी बैकको संचालक माथी सुनियोजित तरिकाले फलामको रड , खन्ती प्रयोग गरि एक्कासि टाउकोमा प्रहार गरेको थियो । प्रहरीले स्थानीय रामबाबु महतो नुनियालाई पक्राउ गरि ज्यान मार्ने उधोग मुद्दामा ६ दिनको म्याद थमाई अनुसन्धान शुरु गरिएको मुद्दा फांट्का प्रहरी निरीक्षक सुरेश राज भट्टले बताए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड बाट त्रण लिइ चुक्ता नगरेपछि बैक संचालकले उनीहरुको जग्गा लिलाम गरि सो जग्गा बैकको नाममा दाखिल खारिज गरिएको थियो ।

सोही बिषयलाई लिएर उनिहरुले बैकका संचालक माथी सांघातिक आक्रमण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराको टोलि शुक्रबार घटनास्थलमा पुगि मुचुल्का उठाई सिसि क्यामराको फोटो लिइ अनुसन्धान अगाडि बढाएको छ ।