वीरगञ्जमा खैरो हिरोइन सहित चार जना पक्राउ

जितपुर ४ पौस पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा विशेष सूचनाको आधारमा गरेको कारबाहीमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका वडा न.१५ स्थित प्रतिमा चोक नजिक सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई शरीर तथा साथमा रहेको झोला खानतलासीका क्रममा जिन्स पाइन्टको दाहिने खल्तीमा कागजले बेरिएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित ४५ ग्राम फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ। ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ निवासी ३० वर्षीय शुभम रावत कम्कर, वीरगञ्ज महानगरपालिका–१६ निवासी १९ वर्षीय चन्दन कुमार पण्डित, बहुदरमाई नगरपालिका–९ निवासी ४० वर्षीय राज किशोर मिश्र र भारत बिहार राज्य मोतिहारी जिल्ला, छौनी थाना वडा नं. ६ निवासी २७ वर्षीय सचिन सिंह रहेका छन्।
थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजु कार्कीले बताए।