वडाद्वारावडाद्वारा दलित सामुदायिहरुला टेण्ट सहित भाडा बितरण गरिएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ ले वडा स्तरीय बजेटबाट १ लाख ३० हजारको टेण्ट,कुर्सी ,टेबुल,डेक,कराही,बाल्टी,जग,लगाएत अन्य सामग्रीहरु दलित सामुदायलाई बडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारीको हाथद्वारा दलित समुदाय बकुलियाका अध्यक्षलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रम बिच नगर उप-प्रमुखले आफ्नो दुई शब्द राखदै भने यो सामग्रीहरु वडाको बजेट १ कोरोड २७ लाखबाट दलित सामुदायको लागि (१%) को दरले कुल रकम १ लाख ३० हजार निकास गरिएको हुनाले यो सामग्रीहरु प्रदान गरिएको छ।
उक्त कार्यक्रममा वडा सदस्य इन्दल पासवान,बिमला देवि पासवान वडा सचिव अर्जुन पान्डेय लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो।