वीरगञ्जबाट काठमाडौँ तर्फ गरेको बा.प्र.०२–०२७ प १८५१ नम्बरको स्कुटर चेकजाँच गर्दा ५३ तोला चाँदीका गरगहना बरामद भएको बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार स्कुटरबाट चाँदीको लकेट २२ थान, चाँदीको औँठी ३३ थान, मङ्गलसूत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ ।
स्कुटर चालक सुनसरीको धरान उपमहानगरपालिका – ५ निवासी ३५ वर्षीय गुजराज विक र पछाडि सवार सुनसरीकै इटहरी नगरपालिका – ३ निवासी २४ वर्षीय बद्री विक पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको ईलाका प्रसाशन कार्यलय बाराले प्रेस विज्ञप्ति मार्फत जन्कारी गराएको छ।