बाराको आम्लेखगन्ज प्रहरीको ठुलो सफल्ता ६० किलो चाँदी सहित १ जना पक्राउ

मंसिर २२ गते । बारामा ६० किलो चाँदीसहित एक मानिसलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगञ्ज स्थित रहेको ईलाका प्रहरी कार्यालयले चाँदी सहित मानिसलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जको प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले विरगञ्जबाट हेँटौडा तर्फ जादै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटीलाई संकाको आधारमा चेक जाँच गर्दा सो स्कुटरमा २ वडा झोलामा लुकाई छिपाई राखिएको अवस्थामा ६० किलो चाँदी बरामद भएको इलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।

उक्त चाँदी र स्कुटी सहित बारा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर बस्ने अन्दाजी ३६ वर्षिय चालक कर्म शाह सोनार लाई समेत नियन्त्रणमा लि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाईएको इलाका प्रहरी कार्यल्रय सिमराले जानकारी गराए।