दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा

०६ पौष।बारा : बारामा कार भित्र एक जना पुरुष मृत अवस्थामा भेटिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडार दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज विहान रोकी राखिएको कार भित्र शव फेला परेको र  मृतक पुरुष जीतपुरसिमरा उपमहानगरपालिका ०१ घर भई हाल सिमरा बिमानस्थलमा सुरक्षा निकायको गार्डहरुको भान्छेमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काले बताए  ।

अमाडारका स्थानियहरुले  विहान करिब ७ बजे उक्त गाडी भित्र शव रहेको भनेर प्रहरिलाई खबर गरेको थियो ।प्रहरीले सुचना पाउने लग्तै घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपतिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार या गोलि हानेर हत्या गरेको आशंका प्रहरिले गरेको तर घटना बारे पोस्टमार्टम रिपोर्ट आए पछि मात्र के प्रयोग गरेर हत्या गरिएको खुल्न प्रहरीले जनाएको छ ।