जितपुर २बैशाख । सभामुख डोलप्रसाद (डिपी) अर्याल सवार सवारीसाधनसहित उनको सुरक्षा तथा साथमा रहेका अन्य गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
थापाथली क्षेत्रमा लेन मिचेर ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सभामुख चढेको गाडीसहित अगाडि–पछाडि चलिरहेका सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार नियम उल्लंघन देखिएपछि ट्राफिक प्रहरी टोली सवारी पछ्याउँदै सिंहदरबारसम्म पुगेको थियो। त्यसपछि सिंहदरबार परिसरमा पुगेर तीन वटा गाडीलाई ट्राफिकले चिट काटिएको बताइएको छ।
विशेष पदमा रहेका व्यक्तिको सवारी भए पनि ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने सन्देशसहित प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।


