जितपुर १७ चैत्त। बारामा लागूऔषधविरुद्धको कारबाही कडाइका साथ अघि बढाइएको छ। यसैक्रममा सोमबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।
प्रहरी इन्चार्ज प्रमोद साहको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१०, नितनपुर चौकमा शंकास्पद अवस्थामा भेटिएका एक व्यक्तिलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा पर्सा, वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरका करिब २५ वर्षीय अनिल साहलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार साहले प्रयोग गरिरहेको इलेक्ट्रिक स्कुटरसहित शरीर खानतलासी गर्दा ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको छ। बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जफत गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई हाल इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तीव्र बनाइएको छ। साथै, प्रहरीले लागूऔषध नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि क्षेत्रभर गस्ती र निगरानी अझ कडा पारिएको स्पष्ट पारेको


