जितपुर ८ असार। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको तेस्रो अधिवेशआइतबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गरे भने मनोजकुमार गुप्ताले १९९ मतमा चित्त बुझाउनुपरेको थियो। अध्यक्ष पदमा भारी मतान्तरको जितसँगै गजेन्द्र नेतृत्वको समूहले अधिकांश पदमा विजय हासिल गर्दै व्यवसायीहरूको स्पष्ट विश्वास प्राप्त गरेको देखिएको छ।नअन्तर्गत सम्पन्न निर्वाचनमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ताको प्यानलले प्रभावशाली जित हासिल गरेको छ। अध्यक्ष पदका प्रत्याशी गुप्ताले निकटतम प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई ३३० मतको फराकिलो अन्तरले पराजित गर्दै सङ्घको नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
आइतबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गरे भने मनोजकुमार गुप्ताले १९९ मतमा चित्त बुझाउनुपरेको थियो। अध्यक्ष पदमा भारी मतान्तरको जितसँगै गजेन्द्र नेतृत्वको समूहले अधिकांश पदमा विजय हासिल गर्दै व्यवसायीहरूको स्पष्ट विश्वास प्राप्त गरेको देखिएको छ।
वरिष्ठ उपाध्यक्षमा शिवजी प्रसाद साह सोनार ५०२ मतसहित निर्वाचित भए। उनले प्रतिस्पर्धी सन्तोष कुशवाहालाई पछि पारे। यस्तै वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार ५११ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी प्रमोद साह तेली पराजित भए।
महासचिव पदमा प्रकाश गिरी पुनः निर्वाचित भएका छन्। उनले ५१२ मत प्राप्त गरी दोस्रो कार्यकाल सुनिश्चित गर्दा प्रतिस्पर्धी सुशील शर्माले १८८ मत प्राप्त गरे। कोषाध्यक्षमा रिना रौनियार पुरी ४१२ मतसहित निर्वाचित भइन् भने विन्देश्वरी प्रसाद साह कलवारले २६७ मत प्राप्त गरे।
वाणिज्य सचिव पदमा रिता कँडेल विजयी भइन्। उनले २९७ मत प्राप्त गरिन् भने अन्य उम्मेदवारहरू प्रदीप कुमार र शान्ताकुमारी बजगाईं (रिना) क्रमशः १७६ र १३६ मतमा सीमित भए।
वाणिज्य सदस्यतर्फ अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार तथा मनोहरबाबु गुप्ता निर्वाचित भएका छन्।
प्रमुख निर्वाचन अधिकृत सरदचन्द्र भट्टराईका अनुसार ६ पदाधिकारी र ७ सदस्य पदका लागि भएको निर्वाचनमा कुल ७६२ मत खसेको थियो। मतगणना सम्पन्न भएसँगै अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
यसअघि उद्योगतर्फका केही पदहरूमा निर्विरोध चयन भइसकेको थियो। उद्योग उपाध्यक्षमा विजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह, एशोसियट सदस्यमा हिमांशु गोल्छा तथा वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचन परिणामले जितपुरसिमराका व्यवसायीहरूले नयाँ नेतृत्वप्रति उच्च भरोसा व्यक्त गरेको संकेत गरेको छ। अब नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताको नेतृत्वमा सङ्घले व्यवसायीका हकहित, संस्थागत सुदृढीकरण तथा स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।


