प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः यादव सर्वसम्मत

बारा, पौष २९ गते ।

प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । आज सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित होटेल पराडाईजको सभाहलमा प्रेस सेन्टर नेपाल बाराको अधिवेशनसहितको साधारण सभा सम्पन्न भएको हो ।

सम्पन्न भएको अधिवेशनबाट पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरिएको छ । अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम ,महिला उपाध्यक्षमा प्रीयका सराफ ,सचिवमा अखिलेश कुमार यादव, सहसचिवमा विशाल सराफ र काजल कार्की परियार, कोषाध्यक्षमा शर्मालाल बैठालाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा अरुन कुशवाहा, पप्पु साह, महेन्द्र सहनी, राकेश चौधरी र बिकाश गुरुङ चयन भएका छन् । सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ । समितिले आगामी तीन वर्ष सम्म काम गर्ने छ ।

रन्जन यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष गोबिन्द देवकोटा को प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासङ्घ बाराको कार्यसमिति कोषाध्यक्षमा निर्वाचित रन्जन यादव र जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित शर्मालाल बैठा प्रदेशका सचिवमा निर्वाचित दिपक गौतम र केन्द्रिय सदस्यमा निर्वाचित राजु बिश्वकर्मा लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल), नेकपा माओवादीका केन्द्रिय सदस्य गिता कंडेल ,शिला खनाल ,माओवादीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल ,कलैया उपमहानगर कमिति अध्यक्ष मुकेश साह ,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा र नेपाल प्रेस युनियनका अध्यक्ष श्यामबाबु यादव लगाएतले शुभकामना दिनुभएको थियो ।कार्यक्रम संचालन प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रदीप गौतमले संचालन गर्नु भएको थियो।