पिलुवामा ग्यास सुरक्षा र आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न

बिशाल सरार्फ जितपुर आगलागी नियन्त्रण तथा एल.पि. ग्यास सुरक्षा सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवामा सम्पन्न भएको छ। पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजना र काठमाडौं, चाबहिलको स्टार सेफ्टी सर्भिस प्रा.लि.को प्राविधिक सहयोगमा उद्योग परिसरमै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सिलिन्डरको बनावट, सुरक्षित भण्डारण तथा सही प्रयोगका उपायबारे … Read more

जीतपुरसिमरामा राष्ट्रपति रनिङ शिल्डको रौनक, ३७ विद्यालयका विद्यार्थी प्रतिस्पर्धामा

फागुन २६ जितपुर: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्। उपमहानगरभित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले … Read more

प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः यादव सर्वसम्मत

बारा, पौष २९ गते । प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । आज सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित होटेल पराडाईजको सभाहलमा प्रेस सेन्टर नेपाल बाराको अधिवेशनसहितको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न भएको अधिवेशनबाट पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले … Read more

कमल र मेलिनाको स्वरमा माया लै लै २ सार्वजनिक

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौं, माघ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री … Read more