सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जैसवालले दिइएको धम्किपुर्ण भाषाको नेपाल पत्रकार महासंघ बाराको घोर भत्सर्ना

,बैशाख ६ । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैसवालले समाचारको बिषयमा दिइएको धम्कीपुर्ण भाषाको नेपाल पत्रकार महासंघ बाराको गम्भीर ध्यानाकर्षण भएको छ । प्रशासकीय अधिकृत जैसवालले नेपाल पत्रकार महासंघ बाराको कार्य समिती सद्स्य एवं मिलन राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक नरेश गुप्तालाई दिइएको धम्किपुर्ण अभिव्यक्तिको घोर भत्सर्ना गरिएको छ । महासंघ बारा शाखाको सचीव … Read more

नगर अस्पतालको भुक्तानी र कमिसन प्रकरण समाचार प्रती अधिकृतको धम्कीपुर्ण अभिव्यक्ति ,केही भाडाका पत्रकारले उनको चापलुसी गर्दै

बैशाख ६ । बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सिम्रौनगढ नगर अस्पतालको भुक्तानी र कमिसन प्रकरणमा विभिन्न संचार माध्यममा आएको समाचार प्रती आक्रोश जनाउदै पत्रकार माथी दादा गिरि धम्कीपुर्ण अभिव्यक्ति दिइएको समाचार प्राप्त भएको छ । सिम्रौनगढ नगर अस्पतालको अवस्था दयनीय बन्दै गएको अवस्थामा नगरपालिकाले रु ३० लाख भुक्तानी गर्ने ,भाउचर समेत … Read more

यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार

जितपुर । वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो । घटनाले प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरीको आचरणमाथि गम्भीर … Read more

प्रदुषण गर्ने ११ वटा उद्योगलाई पत्र काटेर दियो कडा चेतावनी:राजनपौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लदर्स ईन्डष्ट्रिज प्रा.लि. र असोक … Read more

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ

जीतपुर १४ फागुन ।भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज जीतपुरको शिव मन्दिर लगाएत देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण … Read more

लागूऔषध गाँजासहित बाराका दुई ठाउँबाट चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा लागूऔषध गाँजाको ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट २५.९ किलोग्राम गाँजा बरामद गरिएको बारा प्रहरीले प्रहरीले जनाएको छ । दुई छुट्टाछुट्टै घटनामा पक्राउ परेका उनीहरूमाथि लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । पहिलो घटनामा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका – … Read more

नापी कार्यालय पर्सामा घुस खोरीको जालो सक्रिय रहेको खुलासा भएको छ । सेवाग्राहीहरूले नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हालसाबिक, कित्ताकाटलगायतका काममा खुलेआम घुस लिने गरेको गुनासो गरेका छन् । एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबिक गर्न फिल्डमा जानकै लागि प्रति फाइल ३ हजारदेखि ५ हजार रुपैयाँसम्म माग्ने गरेका छन् । त्यस्तै, सामान्य कित्ताकाट … Read more

पूर्वराजा र उनका समर्थकहरुलाई ईश्वरीदेवी न्यौपानेको चुनौती

पूर्वराजा र उनका समर्थकहरुलाई नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले चुनौती समेत दिएकि हुन। नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले  पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । उनले टीका लगाएर वा कृपाले पुनः सत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिईन् । … Read more

गणपति बनस्पति प्रा.लि र नन्दन घिउको गेटमा प्रदर्शन

प्रकृति लम्सालको शव नेपाल ल्याइयो

भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव बुधवार साँझ लु १ च ९८३६ नम्बरको एम्बुलेन्समार्फत लम्सालको शवलाई नेपाल ल्याइएको हो । गत आइतबार लम्साल … Read more