जितपुर १६ जेष्ठ :उच्च अदालत बार एसोसिएसन, वीरगञ्जले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निर्भीकतामाथि प्रश्न उठाउने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्यादा र जनआस्थामा आँच पुर्‍याउने तथा फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने खतरा रहेको औँल्याएको छ । विज्ञप्तिमा … Read more

उदयपुर प्रहरीको ठूलो सफलता १ हजार १४३ केजी गाँजा सहित २ महिला पक्राउ

उदयपुरमा प्रहरीले १ हजार १४३ केजी गाँजा सहित २ महिलालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका –१, रानीटारका ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो। प्रहरीका अनुसार रानीटार स्थित रत्नमायाको घरमा३५ ओटा बोरामा प्याक गरेर राखिएको १ हजार १४३ दशमलव २७५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले … Read more

प्रतिबन्धित लागूऔषध २१,६०० ट्याबलेट सहित दुई भारतीय नागरिक

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाराको अमलेखगञ्जमा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमान्डमा खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी चेकप्वाइन्टमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बी आर ०१ बी यु … Read more

सुरक्षित सडक हाम्रो अभियान’ नारासहित ट्राफिक जनचेतना सप्ताह सम्पन्न, सबै सरोकारवालाको सक्रिय सहभागिता

१४ गते जेष्ठ :ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अभियान’ भन्ने मूल नारासहित मनाइएको ट्राफिक जनचेतना सप्ताह २०८२ को समापन कार्यक्रम परवानीपुर गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। सप्ताहको प्रारम्भ भने जेठ ७ गते जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयबाट भएको थियो। ट्राफिक सप्ताह जीतपुरसिमरा उपमहानगरपालिकाको पहलमा परवानीपुर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। समापन कार्यक्रम परवानीपुर गाउँपालिका अध्यक्ष … Read more

बकुलिया खेलमैदानको पर्खाल निर्माण सुरु, प्रदेश सभा सदस्य देवनारायण चौधरीद्वारा शिलान्यास

१३ जेठ,जितपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया खेलकुद मैदानको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। सोमबार मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमका बीच पर्खाल निर्माणको शिलान्यास गर्नुभयो। मधेस प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको ७५ लाख रुपैयाँ बजेटबाट पर्खाल निर्माण कार्य सुरु गर्न लागिएको वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले … Read more

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

बारा, वैशाख २२ गते । बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ । जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न … Read more

बारामा भिडियो बनाएर युवकले गरे आत्महत्या

बैशाख ८ गते ।बारामा एक युवकले आत्महत्या गरेका छन् ।जिल्लाको कलैया उपमहानगरपालिका – १४ बघवन निवासी श्याम प्रसाद महतोका २२ वर्षीय छोरा नितेश कुमार महतोले आत्महत्या गरेका हुन । आत्महत्या गर्नु अघि नितेशले भिडियो बनाएर आफ्नो फेसबुकमा आज बिहान ३ बजेको समयमा पोस्ट गरेका थिए । भिडियोमा धेरैले उनलाई त्यसो नगर्न सुझाव दिए पनि उनले … Read more

सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जैसवाल द्वारा करारका कर्मचारी संग रकम असुली म्याद थप

बैशाख ७ । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालको अर्को भ्रष्टाचारको नमुना बाहिर आएको छ । सिम्रौनगढ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको म्याद आ ब ०७७/०७८ र ०७८/०७९ मा नै समाप्त भएको थियो । तर प्रशासकीय अधिकृत जैसवालले आफू खुशी बोर्डको निर्णय बिना नै १५ जना करारका कर्मचारीको म्याद आ ब ०८१/०८२ मा थप गरिएको … Read more

पाठ्यपुस्तकको व्यापारमा फसेका अभिभावक: बारा हुँदै देशभरि निजी विद्यालयको ‘कमिसन धन्दा’

बैशाख ०७।  हिजोआज विद्यालयको नाम सुन्नासाथ धेरै अभिभावकको निधारमा पसिना आउँछ। पढाइको नाममा खुलेका अधिकांश निजी विद्यालयहरू शिक्षाभन्दा व्यापारतर्फ उन्मुख छन्। विशेषगरी बारा जिल्लाका निजी विद्यालयहरूले पाठ्यपुस्तकको नाममा गरिब, मध्यम वर्गीय अभिभावकको ढाड सेक्ने क्रम तीव्र बनाएका छन्। प्रत्येक नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूले पाठ्यपुस्तक अनिवार्य रूपमा परिवर्तन गरिरहेका छन्। पुराना किताब चल्दैन, नयाँ किन्नैपर्छ … Read more

रक्सौलको सरिसवा (सिर्सिया) गाउँमा पोल्ट्री फार्मको आडमा अवैध रूपमा सञ्चालित हतियार बनाउने कारखानामा भारतीय प्रहरीको छापा चार जना पक्राउ

नेपाल–भारत सीमा नजिकैको भारतीय सहर रक्सौलको सरिसवा (सिर्सिया) गाउँमा पोल्ट्री फार्मको आडमा अवैध रूपमा सञ्चालित हतियार बनाउने कारखानामा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा हतियार तथा सम्बन्धित सामग्री बरामद गरेको छ । कारखानाका मुख्य सञ्चालकसहित चार जना पक्राउ समेत परेका छन् । घटनाले सीमावर्ती क्षेत्रमा अवैध हतियारको कारोबार र तस्करीको गम्भीर समस्यालाई उजागर गरेको छ । … Read more