साना किसान कृषि सहकारी संस्था लि. बरियारपुर शाखा अध्यक्ष कुशवाहा माथी सांघातिक हमला

नरेश गुप्ता असोज २४: बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष धुरेन्द्र प्रसाद कुशवाहा माथी सांघातिक हमला गरिएको छ । साना किसान कृषि संस्था लिमिटेड बरियारपुर शाखा अगाडि बिहिवार बिहान ७ बजे स्थानीय रामबाबु नुनिया धानुक , भदै महतो नुनिया लगायत तीन चार जनाको समुहमा आएको ब्यक्तिले संचालक कुशवाहा … Read more

महानगरको वडा नम्बर ३० लालपर्सामा स्वास्थ्य चौकी ल्याबबाट रगत,दिशा र पिसाबसंगै सम्बन्धित ३७ प्रकारका रोगको परीक्षण सुरु

जितपुर २४असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला(ल्याब)सञ्चालनमा आएको छ ।शुक्रबार वडाध्यक्ष मनोजकुमार यादवले स्वास्थ्य प्रयोगशालाको औपचारिक रुपमा उद्घाटन गरेसंगैं ल्याबको सेवा सञ्चालनमा आएको ल्याबका इन्चार्ज आदित्य चौरसियाले जनाए। ल्याब सञ्चालनमा आएसंगै वडा नम्बर ३० का स्थानीयलाई रगत,दिशा र पिसाबको परीक्षणका लागि वीरगन्ज शहरका अस्पताल र क्लिनिकहरुमा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष … Read more

२३६ किलो ७५० ग्राम लागूऔषध गाँजासहित एक जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न.२१ मा प्रहरीले विशेष सूचनाको आधारमा २३६ किलो ७५० ग्राम लागूऔषध गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक धनप्रसाद श्रेष्ठको कमान्डमा खटिएको टोलीले सोमबार दिउँसो १ बजे मकवानपुरबाट जितपुरतर्फ … Read more

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन

जितपुर०३असोज ; बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा गढीमाई मेला समिति सर्वसम्मत निर्णयमार्फत चयन गरिएको छ। समितिको अध्यक्षमा राजदेव पासवान निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष पासवानको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको सचिवमा सत्येन्द्र चौधरी, कोषाध्यक्षमा राजेन्द्र राम रहेका छन्। त्यस्तै सदस्यहरूमा शंकर पासवान, रामवरण चौधरी, कदरी माझी, राजकुमार साह, … Read more

बाराको परवानीपुर स्थित हेटौडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेशनमा आगलागी हुँदा करोडौंको क्षती

जीतपुर, ३असोज बाराको परवानीपुर स्थित हेटौडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेशनमा आगलागी हुँदा करोडौंको क्षती भएको छ । सब स्टेशनमा रहेको दुईवटा पोल भाँचिर एक अर्काको सम्पर्कमा आउँदा आगलागि भएको हो। क्षतीको विवरण यकिन अहिलेसम्म हुन नसके पनि ११ के.भि. को एउटा फिडरमा क्षती पुग्दा करिब १० करोडको क्षती हुनजाने परवानीपुर सब स्टेशनका ईन्चार्ज साहयक ईञ्जिनीयर … Read more

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण तथा बधाई

भदौ २७ जितपुर:  प्रjधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । शुक्रवार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाई पनि दिएका छन्। ‘तपाईँलाई धेरै धेरै बधाई । तपाईँ सफल हुनुस् । देश सफल होस् । जनता बचुन्,’ राष्ट्रपति पौडेलले कार्कीलाई … Read more

१० बजेदेखि नेपाली सेनाको कमाण्डमा अन्य सुरक्षा निकायका तैनाथ हुने

नेपाली सेनाका प्रधान सेनापती महारथी अशोक राज सिग्देलले प्रेस विज्ञप्ति जारी गरिदै १० बजेदेखि नेपाली सेनाको कमाण्डमा अन्य सुरक्षा निकायका तैनाथ हुने ।

सामाजिक सञ्जाल बन्दको विरोधमा १८ को मृत्यु २५६ घाइते

सामाजिक सञ्जाल बन्दको विरोधमा आज राजधानी उपत्यकामा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बेलुकको साढे ७ बजेसम्म १८ जनाको मृत्यु भएकोमा, बेलुकी सिभिल अस्पतालमा थप एक प्रदर्शनकारीको घाइतेको संख्या २५६पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ । विभिन्न अस्पतालमा पुगेका घाइतेमध्ये धेरैजना गम्भीर अवस्थामा रहेका छन् । मन्त्रालयका … Read more

बकुलिया क्याम्पसमा अध्ययनरत १० जना छात्राहरुलाई वडा न.५ द्वारा साइकल बितरण

१८ भदौं, जितपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ५ को कार्यालयले बकुलिया क्याम्पसमा अध्ययनरत १० जना छात्रालाई नि:शुल्क साइकल वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले छात्राहरूमाझ साइकल हस्तान्तरण गर्नुभयो । प्रदेशसभा सदस्य चौधरीका अनुसार क्याम्पसमा अध्ययनरत तर यसपटक साइकल वितरणमा समावेश हुन नसकेका अन्य विद्यार्थीलाई समेत भविष्यमा साइकल … Read more

पर्साको सशस्त्र प्रहरी बेलवा र प्रहरी चौकी मिलन चौक द्वारा सबैया र बड्निहारमा ठूलो परिमाणमा काठ र दाउरा बरामद

जितपुर बारा १२ गते : पर्साका विभिन्न क्षेत्रमा वन तस्करी नियन्त्रण गर्न गरिएको अभियानअन्तर्गत ठूलो परिमाणमा काठ र दाउरा बरामद गरिएको छ ।विशेष सूचनाको आधारमा सबैया साझेदारी बन क्षेत्रको खजुरीयामा छापा मार्दा करिब ४० क्युफिट बराबरको साल जातका ४ वटा गोलिया बरामद गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ। सबैया सब–डिभिजनका रेञ्जर भुपाल रोकायको नेतृत्वमा … Read more