मधेस प्रदेश ट्राफिक प्रहरी पथलैया बाराका एसपी सिलवाल आर्थिक अनियमिततामा मुछिए, छानबिन समिति गठन

जितपुर बारा । मधेस प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् ।ज उनको कार्यशैलीमाथि गुनासो र दर्जनौँ लिखित उजुरी परेपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको हो । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा चतुर्वेदीले सिलवालमाथि छानबिनका लागि … Read more

रोजगारीको सिलसिलामा बिदेशमै जीतपुरसिमरा उपमहानगरका सातजनाको मृत्यु, उपमहानगरले शव ल्याउन र राहतमा सहजीकरण

रञ्जन यादब /बारा बारामा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले गत आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीमा परेका नागरिकका लागि विभिन्न महत्वपूर्ण पहल गरेको छ ।उक्त अवधिमा सात जना कामदारले विदेशमै ज्यान गुमाएका थिए। मृतकको शव स्वदेश ल्याउन र नौ जना मृतकका हकवालालाई आर्थिक सहयोग उपलब्ध गराउन उपमहानगरले सहजीकरण गरेको उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक … Read more

अमित ठेक्का पट्टा कम्पनीका कर्मचारीहरूले नियम विपरीत रङ्गदारी शैलीमा रकम असुली गरेको स्थानीयहरुको आरोप

जीतपुर भदौ ३ गते: वीरगञ्ज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँट र बाराको सिमरा–पथलैया खण्डमा भारतीय मालवाहक सवारीसाधनहरूसँग नियम विपरीत अवैध कर असुली भइरहेको भन्दै स्थानीयवासीहरूले तीव्र विरोध जनाएका छन् । ठेक्का पाएको अमित ठेक्का पट्टा कम्पनीका कर्मचारीहरूले नियम विपरीत रङ्गदारी शैलीमा रकम असुली गरेको आरोप लागेपछि स्थानीयहरूले आन्दोलनको बाटो रोजेका छन् । यस क्रममा वीरगञ्जको … Read more

सशस्त्र प्रहरी बल नेपाल द्वारा४ लाख २९ हजार बराबरको मोबाइल पार्ट्स भन्सार कार्यालयमा बुझाए

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ, पर्साले अवैध रूपमा भारतबाट ल्याइएका मोबाइल पार्ट्स बरामद गरेको छ। मिति २०८२ भदौ ३ गते गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले बिरगंज महानगरपालिका–१७ स्थित ICP गेटबाट नेपालतर्फ ल्याइँदै गरेका मोबाइल पार्ट्स नियन्त्रणमा लिएको हो। करिब रु. ४,२९,५०० बराबरको उक्त सामान ल्याउने व्यक्तिले सशस्त्र प्रहरी … Read more

अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने

बारा, २ भदौ । अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि ज्यूको १८ औं पुण्य तिथिमा महा रक्तदान कार्यक्रम गर्न लागिएको हो । बाराको सिमरा स्थित ओम् शान्ति भवनमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको पत्रकार … Read more

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको लापरबाही र आर्थिक लोभका कारण सर्लाहीका एक दुई वर्षीय बालकको मृत्यु

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको लापरबाही र आर्थिक लोभका कारण सर्लाहीका एक दुई वर्षीय बालकको मृत्यु भएको गम्भीर आरोप लागेको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ अत्रौलीका जितेन्द्र महतोका एक मात्र छोरा २ वर्षीय इकृत महतो रहेका छन् । आइतबार दिउँसो सडक छेउमा खेलिरहेको समयमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका इकृतलाई … Read more

नेपाल  बाट लगेका अफिम भारतिय एस एस बि द्वारा जफत : सिमामा तैनाथ  सुरक्षाक्रमीको  भुमिका  शुन्य         

नरेश गुप्ता कलैया  साउन  १७ ।  बाराको पचरौता सिमानाका  बेनौली  बेलदारी हुँदै भारत बिहार छौडादानो सिमामा पुगेका  भारत बिहार पुर्वी  चम्पारण   ग्राम जितना निवासी  बिरजु चौधरीलाई भारतिय  एस एस बि ११ नम्बर  बाहिणी महुवाले नियन्त्रणमा लिइएका छन । चौधरीले बेनौली बाट १ किलो अफिम लिइएर आएको बताएको छ । अफिम सहित चौधरीलाई  छौडादानो रक्सौल सडक … Read more

जितपुरसिमरामा पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने

जितपुर।सिमरा भेट्रान क्लबको आयोजनामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सोमबार सिमरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो। ‘जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८२’ नाम दिइएको उक्त प्रतियोगिता आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा सन्ध्या ६ बजेपछि सञ्चालन हुनेछ। क्लबका प्रतिनिधिहरूका अनुसार सिमरा भेट्रान क्लब विगतदेखि … Read more

जनसूचना न्यूजका सम्पादक आलम कदर-पत्रबाट सम्मानित

वीरगञ्ज, ५ साउन :जनसूचना मिडिया प्रा. लि. पर्साद्वारा सञ्चालित जनसूचना न्यूज डटकमका सम्पादक तथा नेपाल मुस्लिम पत्रकार संघ, पर्साका सह-सचिव रसीद आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साले कदर-पत्रबाट सम्मानित गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आलमलाई कदर-पत्र प्रदान गर्दै सम्मान गरेका हुन्। उक्त कदर-पत्रमा जिल्ला भित्र सशस्त्र प्रहरीले सञ्चालन गरेका … Read more

जुवा बाट सिमरा पब्लिक स्कूलका प्लस टु कोर्डिनेटर सुमन कुमार भट्टराईसहित ९ जना पक्राउ

जितपुर ३ गते सावन: बारामा तास खेलिरहेको आरोपमा सिमरा पब्लिक स्कूलका प्लस टु कोर्डिनेटर सुमन कुमार भट्टराईसहित ९ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका–२ जानकीटोलस्थित केशव सुनुवारको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार इलाका प्रहरी कार्यालय सिमराको टोलीले … Read more