Nawajosh Khabar
दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा
०६ पौष।बारा : बारामा कार भित्र एक जना पुरुष मृत अवस्थामा भेटिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडार दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज विहान रोकी राखिएको कार भित्र शव फेला परेको … Read more
नगर स्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न
०५ पौष ।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ५ मा रहेको बकुलिया क्याम्पसमा नगरस्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाको आयोजनामा स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । उपमहानगर भित्र रहेका १४ वटा आधारभुत विद्यालय र १० वटा निजि विद्यालय गरेर २४ … Read more
गढीमाई मेलामा आज पाँच हजार रांगाको बली, भारतीय एसएसबीले रोकेपछि बलीको संख्या घट्यो
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ बरियारपुरमा लागिरहेको पञ्चवर्षिय ऐतिहासिक गढीमाई मेलामा आजदेखि विधिवत रुपमा बलि दिन सुरु भएको छ । बलीका लागि विश्वप्रसिद्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको गढीमाई मेलामा आज पाँच हजार रांगाको बली दिइएको छ । यसअघि मेलामा करिब ११ हजार भन्दा बढी बली चढाइने मेला समितिको अनुमान भएपनि यस वर्ष … Read more
बाराको आम्लेखगन्ज प्रहरीको ठुलो सफल्ता ६० किलो चाँदी सहित १ जना पक्राउ
मंसिर २२ गते । बारामा ६० किलो चाँदीसहित एक मानिसलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगञ्ज स्थित रहेको ईलाका प्रहरी कार्यालयले चाँदी सहित मानिसलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जको प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले विरगञ्जबाट हेँटौडा तर्फ जादै … Read more
गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन
मंसिर १९ गते ।बारा : नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो ।विश्व प्रसिद्ध गढीमाई … Read more
गढीमाई मेलाको अवसरमा मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा
१८ मंसिर ।बारा : बाराको महागढीमाई नगरपालिका वडा न ०१ बरियारपुरमा लाग्ने पञ्चवार्षिय विश्व प्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले … Read more
कृषि एक्स्पो गढीमाई–२०८१ आज देखि सुरु , करिब ५ करोड बढीको कारोबार लक्ष्य
१८ मंसिर ।बारा : बाराको बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा ‘कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।मंगलबार मधेश प्रदेश सरकारका वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले उद्घाटन गरे संगै कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका … Read more
शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण
१८ मंसिर ।बारा : नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन ।मंगलबार दिउसो १२ बजे शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई … Read more