बकुलिया नमुना माविमा अभिभावक बैठक: शैक्षिक सुधारका महत्त्वपूर्ण निर्णय

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ५, बकुलिया भवानीपुरस्थित ने.रा. नमुना माध्यमिक विद्यालय (बकुलिया) मा आइतबार अभिभावक संघको बैठक सम्पन्न भएको छ। अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा तथा विभिन्न सरोकारवालाको उपस्थितिमा बसेको बैठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बैठकमा सदस्यहरू राजेन्द्र चौधरी, वृजमोहन चौधरी, विमला देवी पासवान, सन्तोष कुमार … Read more

जीतपुरमा सार्वजनिक गौशाला जग्गा अतिक्रमण हटाउन १० दिने अल्टिमेटम

जीतपुर २४ चैत।जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत जीतपुर क्षेत्रमा रहेको सार्वजनिक गौशाला जग्गामा गरिएको अतिक्रमण हटाउन १० दिने सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र अटेर गरेमा अतिक्रमण हटाउने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ। उपमहानगरपालिकाका अनुसार पथलैया–वीरगंज ६ लेन सडकको पूर्व तथा पश्चिम क्षेत्रमा पर्ने साबिक जीतपुर भवानीपुर गाविस वडा नं. ३ … Read more

इन्धन संकट व्यवस्थापनका लागि सरकारको ठूलाे निर्णय: सातामा दुई दिन सार्वजनिक बिदा लागू

जितपुर २२ चैत। मुलुकमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने व्यवस्था गरेको हो। सरकारको यो निर्णय सरकारी कार्यालयहरूका साथै देशभरका शैक्षिक संस्थाहरूमा समेत … Read more

सिमरा — सर्लाहीको विजयी सुरुवात, पर्सामाथि १७ रनको शानदार जित

तेस्रो जीतपुरसिमरा क्रिकेट कप अन्तर्गत सर्लाही जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ। शनिबार जीतपुरसिमरा–४ स्थित औराह मैदानमा सम्पन्न खेलमा सर्लाहीले पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले हराउँदै पहिलो खेलमै जित दर्ता गर्‍यो। १४६ रनको लक्ष्य पछ्याएको पर्सा टोली निर्धारित ओभर पूरा हुनुअघि नै १२८ रनमा अलआउट भयो। सर्लाहीका बलरहरू प्रभावशाली देखिए, जसमा जितेश … Read more

बारा क्षेत्र नं. ४ मा एसईई परीक्षाको कडा अनुगमन: कृषि अनुसन्धान निर्देशनालयका डा. बी.पी. यादवद्वारा भोज भगत मावि निरीक्षण

जितपुर १९ चैत। बारा — माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई निष्पक्ष, मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गराउन बारा क्षेत्र नं. ४ मा अनुगमन कार्यलाई तीव्र बनाइएको छ। यसैक्रममा कृषि अनुसन्धान निर्देशनालयका प्रतिनिधि तथा अनुगमन टोलीका प्रमुख डा. बी.पी. यादवको नेतृत्वमा रहेको टोलीले परवानीपुर गाउँपालिका वडा नं. ३, लिपनीमालस्थित भोज भगत माध्यमिक विद्यालय परीक्षा केन्द्रको स्थलगत निरीक्षण … Read more

बारामा लागूऔषधविरुद्ध कडाइ: ब्राउन सुगरसहित युवक पक्राउ

जितपुर १७ चैत्त। बारामा लागूऔषधविरुद्धको कारबाही कडाइका साथ अघि बढाइएको छ। यसैक्रममा सोमबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। प्रहरी इन्चार्ज प्रमोद साहको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१०, नितनपुर चौकमा शंकास्पद अवस्थामा भेटिएका एक व्यक्तिलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा पर्सा, वीरगञ्ज महानगरपालिका–२१ … Read more

जीतपुरसिमरामा क्रिकेट कप चैत २१ देखि सुरु हुने

जितपुर १७ चैत। जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा चैत २१ गतेदेखि “जीतपुरसिमरा क्रिकेट कप” सञ्चालन हुने भएको छ। प्रतियोगिता सिमरास्थित वडा नं. ४ को औराह खेलमैदानमा आयोजना गरिने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। प्रतियोगितामा आयोजक टिमसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवन जिल्लाका टोलीहरूको सहभागिता रहनेछ। विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख … Read more

निजी विद्यालयलाई पाठ्यपुस्तक फेरबदलमा रोक, उपमहानगरको कडा निर्देशन

जितपुर १७ चैत। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूलाई मनपरी रूपमा प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको आधिकारिक पत्रमार्फत यस्तो व्यवस्था लागू गरिएको हो। उपमहानगरपालिकाका अनुसार पछिल्ला वर्षहरूमा विद्यालयहरूले बारम्बार पुस्तक परिवर्तन गर्दा अभिभावकहरू आर्थिक रूपमा मारमा परेको गुनासो बढ्दै गएको छ। एउटै विषयका पुस्तकहरू वर्षेनी फेर्दा पुराना … Read more

सरकारी कार्यालयमा कडा नियम: १०–५ अनिवार्य ड्युटी, लापरवाहीमा कारबाही

काठमाडौँ — सरकारी तथा सम्बन्धित कार्यालयहरूमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरिएको छ। आजदेखि कार्यालयका सम्पूर्ण कर्मचारीहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा काममा कटिबद्ध हुनुपर्ने व्यवस्था लागू गरिनेछ। खाजाको बहानामा कार्यालयको काम रोक्न पाइने छैन; आवश्यक परे सिफ्ट अनुसार खाजाको समय मिलाएर कामलाई निरन्तरता दिनुपर्नेछ। कुनै पनि कर्मचारीले लापरवाही, ढिलासुस्ती वा … Read more

पिलुवामा ग्यास सुरक्षा र आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न

बिशाल सरार्फ जितपुर आगलागी नियन्त्रण तथा एल.पि. ग्यास सुरक्षा सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवामा सम्पन्न भएको छ। पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजना र काठमाडौं, चाबहिलको स्टार सेफ्टी सर्भिस प्रा.लि.को प्राविधिक सहयोगमा उद्योग परिसरमै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सिलिन्डरको बनावट, सुरक्षित भण्डारण तथा सही प्रयोगका उपायबारे … Read more