सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासङ्घको देशव्यापी आन्दोलन घोषणा

जितपुर ८ बैशाख । नेपाल पत्रकार महासङ्घले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णयको विरोधमा देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासङ्घले उक्त निर्णय प्रेस स्वतन्त्रता, संविधानको मर्म तथा खुला बजार अर्थतन्त्रको सिद्धान्त विपरीत भएको जनाएको छ। महासङ्घका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिएको निर्णयले निजी सञ्चारमाध्यमलाई विभेद गरेको ठहर गर्दै दबाबमूलक अभियान सुरु … Read more

पथलैया–चुरियामाई क्षेत्रमा डोजर चल्ने चेतावनी : वैशाख १० भित्र सडक अतिक्रमण हटाउन अन्तिम अल्टिमेटम

जितपुर ८ बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं तथा सडक डिभिजन हेटौंडा, मकवानपुरले महेन्द्रराजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा सडक सीमाभित्र बनेका अनधिकृत संरचना हटाउन पुनः सूचना जारी गरेको छ। २०८३ साल वैशाख ७ गते प्रकाशित सूचनाअनुसार बाराको चुरियामाई ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको … Read more

वीरगंजमा सडक अतिक्रमण हटाइँदै, मितेरी पुलदेखि गण्डक चोकसम्म संरचना खाली गर्न प्रशासनको सूचना

जितपुर ५ बैशाख । त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको राष्ट्रिय राजमार्ग क्षेत्रमा सडक मापदण्ड कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। सडक सीमाभित्र रहेका भौतिक संरचना हटाउने तयारी सम्बन्धित निकायहरूले सुरु गरेका हुन्। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन हेटौंडा तथा वीरगंज महानगरपालिकाबाट प्राप्त पत्राचारका आधारमा उक्त सडकखण्डको दायाँ–बायाँ २५/२५ … Read more

सर्वोच्चको आदेश कार्यान्वयनतर्फ कदम : वीरगंजको मुख्य सडक क्षेत्रका अव्यवस्थित संरचना हटाइने संकेत

जितपुर ५ बैशाख । वीरगंजको मुख्य सडक आसपास रहेका भौतिक संरचना हटाउने प्रक्रिया अगाडि बढ्ने संकेत देखिएको छ। सम्मानित सर्वोच्च अदालतले २०८१ फागुन २८ गते दिएको आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरू सक्रिय बनेपछि सडक क्षेत्र व्यवस्थापनको तयारी तीव्र भएको हो। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजन कार्यालय हेटौंडाले वीरगंज महानगरपालिकासँग समन्वय … Read more

जितपुर–सिमरामा शिक्षा क्षेत्रमा ठूलो बेथिति: सरकारी तलब खाने शिक्षक निजी विद्यालयमा व्यस्त, उपमहानगर मौन

जितपुर–सिमरामा शिक्षा क्षेत्रमा ठूलो बेथिति: सरकारी तलब खाने शिक्षक निजी विद्यालयमा व्यस्त, उपमहानगर मौन देखीएको छ। जितपुर–सिमरा उपमहानगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विगत कैयौँ वर्षदेखि संस्थागत (निजी) विद्यालयमा समेत अध्यापन गरिरहेको विषय सार्वजनिक हुँदा शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठेको छ। सरकारी तलब सुविधा लिने शिक्षकहरू निजी विद्यालयमा समेत संलग्न भइरहँदा उपमहानगरपालिकाको सम्बन्धित निकाय भने … Read more

सभामुख डिपी अर्यालको सवारीमाथि नियम उल्लंघनमा तीन गाडीलाई सिंहदरबारसम्म पछ्याएर ट्राफिकले काट्यो चिट

जितपुर २बैशाख । सभामुख डोलप्रसाद (डिपी) अर्याल सवार सवारीसाधनसहित उनको सुरक्षा तथा साथमा रहेका अन्य गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। थापाथली क्षेत्रमा लेन मिचेर ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सभामुख चढेको गाडीसहित अगाडि–पछाडि चलिरहेका सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार नियम उल्लंघन देखिएपछि ट्राफिक प्रहरी टोली सवारी पछ्याउँदै सिंहदरबारसम्म पुगेको … Read more

पूर्वराजाको सन्देशपछि नयाँ शक्तिबारे बहस तीव्र, परम्परागत दलमाथि थप दबाब

नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको शुभकामना सन्देशपछि देशको समकालीन राजनीतिमा नयाँ बहस सुरु भएको छ। विशेषगरी युवा पुस्ताको उदय र नयाँ नेतृत्वप्रतिको अपेक्षाबारे उनले व्यक्त गरेको धारणा राजनीतिक वृत्तमा व्यापक रूपमा चर्चा हुन थालेको छ। पूर्वराजा शाहले आफ्नो सन्देशमा देशमा नयाँ पुस्ताको आगमन भइसकेको उल्लेख गर्दै युवा नेतृत्वले राष्ट्रलाई समृद्धि र विकासतर्फ … Read more

तस्करहरूलाई चेतावनी! भारतीय सीमामा बालेन सरकारद्वारा हजारौं प्रहरी परिचालन

जितपुर २ बैशाख  । सीमा क्षेत्रको सुरक्षा सुदृढ बनाउन तथा तस्करी, चोरीपैठारी र अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बालेन नेतृत्वको सरकारले भारतीय सीमावर्ती क्षेत्रमा थप २ हजार २ सय ७७ सशस्त्र प्रहरी बल (एपीएफ) खटाएको जनाएको छ। सरकारले सीमावर्ती जिल्लाहरूमा सुरक्षा निगरानी बढाउँदै आवतजावतलाई व्यवस्थित, अपराध नियन्त्रणलाई प्रभावकारी तथा सीमा नाकाहरूलाई सुरक्षित बनाउन यो निर्णय … Read more

बकुलिया नमुना माविमा अभिभावक बैठक: शैक्षिक सुधारका महत्त्वपूर्ण निर्णय

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ५, बकुलिया भवानीपुरस्थित ने.रा. नमुना माध्यमिक विद्यालय (बकुलिया) मा आइतबार अभिभावक संघको बैठक सम्पन्न भएको छ। अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा तथा विभिन्न सरोकारवालाको उपस्थितिमा बसेको बैठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बैठकमा सदस्यहरू राजेन्द्र चौधरी, वृजमोहन चौधरी, विमला देवी पासवान, सन्तोष कुमार … Read more

जीतपुरमा सार्वजनिक गौशाला जग्गा अतिक्रमण हटाउन १० दिने अल्टिमेटम

जीतपुर २४ चैत।जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत जीतपुर क्षेत्रमा रहेको सार्वजनिक गौशाला जग्गामा गरिएको अतिक्रमण हटाउन १० दिने सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र अटेर गरेमा अतिक्रमण हटाउने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ। उपमहानगरपालिकाका अनुसार पथलैया–वीरगंज ६ लेन सडकको पूर्व तथा पश्चिम क्षेत्रमा पर्ने साबिक जीतपुर भवानीपुर गाविस वडा नं. ३ … Read more