थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २०औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

सिमरा, बारा । थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। समूहको आफ्नै सभाहलमा आयोजित कार्यक्रम अध्यक्ष गोविन्द बहादुर अधिकारीको अध्यक्षतामा तथा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजनल वन अधिकृत झाले बारा जिल्लाका अन्य … Read more

मधेसमा दिनभरि हुस्सु, शीतलहरको प्रभाव बढ्दो मधेसका जिल्लामा शीतलहर, तराईमा दिनभरि हुस्सुले

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्र आज दिनभरि हुस्सुले ढाकिएको छ। हुस्सुको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ भने यो अवस्था करिब अर्को हप्तासम्म निरन्तर रहने देखिएको मौसमविद्हरूले जनाएका छन्। यसैबीच मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायतका कैयौँ जिल्लामा शीतलहर चलेको अनुमान गरिएको छ। चिसो हावासँगै तापक्रम घट्दा बालबालिका, वृद्धवृद्धा तथा विपन्न … Read more

वीरगञ्जमा खैरो हिरोइन सहित चार जना पक्राउ

जितपुर ४ पौस पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा विशेष सूचनाको आधारमा गरेको कारबाहीमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका वडा न.१५ स्थित प्रतिमा चोक नजिक सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी … Read more

मधेसका शिक्षा र स्वास्थ्य परियोजनामा भारत सरकारको बहुआर्बको अनुदान

जितपुर ४ पौष :मधेस प्रदेशका शिक्षा, स्वास्थ्य तथा विभिन्न पूर्वाधार क्षेत्रमा भारत सरकारको विकास सहयोग निरन्तर विस्तार हुँदै गएको छ। भारतीय महावाणिज्य दूतावास, वीरगन्जबाट प्राप्त विवरणअनुसार हालसम्म मधेस प्रदेशमा ८६ वटा विकास परियोजना स्वीकृत भइसकेका छन्। प्रत्येक परियोजनामा प्रत्येक योजनामा ३ करोडदेखि ३ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ भने समग्रमा २ अर्ब ५८ … Read more

बीरगञ्ज भन्सार नजिक सशस्त्र प्रहरीको ज्यादती? व्यवसायी आक्रोशित

बीरगञ्ज भन्सार कार्यालय वरपर सशस्त्र प्रहरीले अधिकारको दायरा नाघेर वैध व्यवसायमा हस्तक्षेप गरेको आरोप सार्वजनिक भएको छ। विल–विजक र भन्सार महसुल सबै तिरेर आयात गरिएका कपडाहरूलाई जबर्जस्ती नियन्त्रणमा लिइएको भन्दै स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्। प्राप्त विवरणअनुसार बीरगञ्जको रेलवे रोड क्षेत्रमा रहेका एक ट्रान्सपोर्ट र एक व्यापारिक पसलमा छापा मारेर सशस्त्र प्रहरीको टोलीले कपडा नियन्त्रणमा … Read more

श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार सम्पन्न कार्यक्रममा प्राथमिक तहकी शिक्षिका रिता चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कक्षा बालबालिकादेखि कक्षा ५ सम्म अध्ययनरत ५०६ जना विद्यार्थीहरूलाई … Read more

भारत–नेपाल रेलमार्ग: रक्सौल–काठमाडौँ कनेक्टिभिटीको सर्वेक्षण अन्तिम चरणमा

भारत र नेपालबीच पहिलो पटक सीधा रेल सेवा सुरु गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ। भारतको रक्सौल र नेपालको काठमाडौँलाई जोड्ने रेलमार्गको विस्तृत सर्वेक्षण कार्य अहिले अन्तिम चरणमा पुगेको छ र सम्बन्धित निकायका अनुसार यो महिना भित्रै सर्वेक्षण पूरा हुने छ। सर्वेक्षण सकिएपछि आगामी जनवरीमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिनेछ। १३६ किलोमिटर लामो यो रेलमार्गमा करिब १३ … Read more

बकुलिया खानेपानी आयोजनाः २५ वर्षपछि मर्मत–सम्भार र नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ

जीतपुरसिमरा उपमहानगरपालिका–५ मा लामो समयदेखि अलपत्र अवस्थामा थन्किएको बकुलिया खानेपानी आयोजनाको मर्मत–सम्भार तथा नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ भएको छ। उपमहानगरपालिकाको चालु आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरू—पुरानो ट्यांकीको मर्मत, खानेपानी कार्यालय भवनको मर्मत तथा नयाँ पाइपलाइन विस्तार कार्यको शुभारम्भ भएको छ।२५ वर्षदेखि जर्जर हुँदै प्रयोगविहीन बनेको बकुलिया खानेपानीको ट्यांकी मर्मत … Read more

चौथो पाथिभरा अन्तरविद्यालय छात्र भलिबल च्याम्पियनसिप–२०८२ राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदन, डुमरवाना विजयी

मंसिर २० सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनी स्थित रहेको पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजनामा भएको चौथो पाथिभरा अन्तरविद्यालय छात्र भलिबल च्याम्पियनसिप–२०८२ राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदन, डुमरवानाको विजयसँगै सम्पन्न भएको छ। फाइनल खेलमा राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदनले एक्स–सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० सेटले पराजित गर्दै उपाधि उचालेको हो। यससँगै पहिलो, दोस्रो, तेस्रो र … Read more

पर्सा प्रहरीद्वारा छुट्टाछुट्टै१० केजी चरस सहित एक जना र १०४ केजी लागू-औषध गाजा, कार सहित २ जना पक्राउ

१६।मंसिर जितपुर: पर्सा प्रहरीले छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणको लागुऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिकाको प्रतिमा चौक नजिक पैदल हिँडिरहेका एक व्यक्तिलाई शंकास्पद ठानी जाँच गर्दा १० किलो चरेस फेला पारेको हो। प्रहरीका अनुसार रोकेर तलासी लिँदा कालो प्लास्टिकको झोलाभित्र टेपले बेरिएको अवस्थामा … Read more